free website hit counter

धौलागिरी लघुवित्त आइपीओ जारी गर्दै

beemaadmin
२०७८ माघ १२, बुधबार

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि लघुवित्तले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्तक्षर गरेका छने ।
हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् लघुवित्तको १० करोड चुक्ता पूँजी कायम हुनेछ । २०७५ सालदेखि वित्तीय कारोबार गर्दै आईरहेको धौलागिरी लघुवित्त वित्तीय संस्था २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४ हजार ४३८ जन सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ । लघुवित्तको हाल जगेडा तथा कोषहरु तर्फ कुल १० करोड ३८ लाख रहेको छ । आर्थिक वर्ष २०७७र०७८ को आषाढ मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा २ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा ४ करोड ९ लाख पुगेको छ ।
आर्थिक वर्ष २०७७–०७८ को मसान्तमा प्रतिशेयर आम्दानी ५०.१२ रुपैयाँभन्दा बढि कायम गरेकोमा पुष मसान्तसम्ममा आईपुग्दा ६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार