काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर मात्रै दिन पाउने भएका छन् । बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिँदै नगद लाभांश वितरणमा रोक लगाएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी बाँकी रहेको अवस्थामा नगद लाभांशमा कडाई गर्दै शेयरधनीलाई बोनस शेयर मात्र दिन पाउने व्यवस्था गरेको हो। बीमा समितिले बीमा कम्पनीलाई परिपत्र जारी गर्दै नगद लाभांश वितरणमा रोक लगाएपछि कम्पनीले बोनस शेयर मात्रै दिन पाउने व्यवस्था गरेको हो ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश बितरणमा रोक लगाउने र निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व थपिदिन लागेको जनाएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गरेकोे समितिले जनाएको छ । विगत लामो समयदेखि कोरोना बीमा दाबी भुक्तानी दिन नसकिरहेको हुँदा लाभांश बाढ्न र अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व थपिदिन लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।