free website hit counter

नबिलको नाफा सबैभन्दा बढी

beemaadmin
२०८२ माघ १५, बिहीबार

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४६.७१ प्रतिशत बढेको हो। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २।४२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ २६.९५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो। ५ अर्ब रुपैयाँबराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ।

सम्बन्धित समाचार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार