काठमाडौं । नबिल बैंकको कामु सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेबाट लागू हुने गरी राजीनामा दिए पछि सञ्चालक समितिको आज बिहान बसेको बैठकले बैंकका बरिष्ठ डीसीईओ ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । ज्ञवालीले नबिल बैंकका डीजीएम, डीसीईओ र वरिष्ठ डीसीईओको भूमिका निर्वाह गरिसकेका छन् । त्यसअघि उनी ज्योति विकास बैंकको सीईओ थियो । नेपाल राष्ट्र बैंकमा पनि काम गरेको अनुभव भएका ज्ञवाली लामो समयदेखि बैंकिङ क्षेत्रका कार्यरत छन् ।