free website hit counter

नबिल बैंकको दसैँ भिडियो सार्वजनिक

beemaadmin
२०८० कार्तिक ३, शुक्रबार

काठमाडौँ । युवाहरूको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्दो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देशमूलक दसैँ भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादसैँको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । यस भिडियो मार्फत छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ । यस भिडियोमार्फत उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशङ्का र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ ।

सम्बन्धित समाचार

जीवन विकास लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८१ मंसिर ९, आईतवार

ह्वात्तै बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ मंसिर ९, आईतवार

निरन्तर पाँचौ दिन पनि बढ्यो सुन

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार