काठमाडौं । चालु आर्थिकवर्षको दोस्रो त्रैमासिक रिपोर्टअनुसार नबिल बैंकले २ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ करोड ५० लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५ करोड ९६ लाख रुपैयाँ घटेर ३ अर्ब ४५ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेपछि बैंकको खुद ब्याज आम्दानी घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ११.१३ प्रतिशत बढेको छ भने ब्याज खर्च २६.२६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १७ करोड ४३ लाख रुपैयाँ घटेर २ अर्ब ९० करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ।
१ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४१ अर्ब ३९ करोड कर्जा परिचालन गरेको यस बैंकले पुस मसान्तसम्ममा ८ अर्ब १४ करोड रुपैयाँ ब्याज आम्दानी गरी ४ अर्ब ६८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ।
१० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा २ अर्ब १३ करोड ४ लाख रपैयाँ र शेयर प्रिमियममा ७४ हजार रुपैयाँ रहेको छ।