free website hit counter

नबिल बैंकको नायब महाप्रबन्धकमा मनोज

beemaadmin
२०७७ श्रावण २२, बिहीबार

काठमाडौं । ज्योति विकास बैंकबाट तीन महिनाअघि नबिल बैंक लिमिटेड पुगेका मनोजकुमार ज्ञवालीलाई नबिल बैंकको नायब महाप्रबन्धक नियुक्त गरिएको छ । ज्योति विकास बैंकको सीईओबाट तीन महिना अगाडि राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको कार्यभार सम्हालेका छन् ।

सीए समेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव छ ।

सम्बन्धित समाचार