काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । नविल बैंकमा कामु सीईओ भूमिका निर्वाह गरेका ज्ञवालीलाई नबिल बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो । सञ्चालक समिति बैंठकले जेठ २२ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।