free website hit counter

नबिल बैंकद्वारा ३४ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं । गत आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट नबिल बैंकले शेयरधनीलाई ३४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १७ गते सम्पन्न ५२२औं बैठकले प्रतिशत १२ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीलाई वितरण गर्न मिल्नेछ । हाल ९ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पूँजी पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत नै लाभांश वितरण गरेको थियो। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो भने ३ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार