काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने भएको छ । बोर्डको नेतृत्व सम्हाल्न आइपुग्नुभएका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ कम्पनीहरुलाई लाईसेन्स वितरण गर्ने योजना सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष भीष्मराज ढुङ्गानाले नयाँ कम्पनीहरुलाई कमोडिटिज एक्सचेञ्जको लाइसेन्स चाँडै बाँड्ने बताएका हुन् । बैंकलाई ब्रोकरको लाइसेन्स दिने प्रक्रिया नेप्सेमा अल्झिरहेको बेला तथा आधा दर्जन ब्रोकर कम्पनीले लाइसेन्स माग गर्दै बोर्डमा निवेदन दिएको अवस्थामा नवनियुक्त अध्यक्ष ढुंगानाले यस्तो योजना अघि सार्नुभएको हो ।
बोर्डले छ महिनामा गरेको कारोबारको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढुंगानाले छ महिनाको कारोबार मिश्रित रहेको भन्दै बीमा तथा लघुवित्त कम्पनीहरुको हकप्रद शेयरका कारण पुँजि बजार अझै फराकिलो भएको बताए ।
यस्तो छ धितोपत्र बजारको बर्तमान अवस्था