काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् । भारतीय दूतावासका अनुसार क्वात्रा यसअधि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए । नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको कार्यकाल सकिएपछि उनी भारत फिर्ता भइसकेको अवस्था छ । फ्रान्समा कार्यरत क्वात्रालाई भारत सरकारले नेपालका लागि राजदुत पठाउन हो ।
भारत सरकारको प्रधानमन्त्री कार्यालयमा काम गरेको अनुभव साथै सुरक्षा सल्लाहकार कार्यालयमा काम गरिसकेका क्वात्रा विशेषगरी विदेशी मामिलाका जानकारको रूपमा पनि उनलाई लिने गरिन्छ ।फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।