free website hit counter

नयाँ वर्षका लागि नेपाल लाइफको क्यालेन्डर

beemaadmin
२०७९ चैत्र १७, शुक्रबार

काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ। आज कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन्। बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो। ‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्षदेखि नेपालीहरुको घरदैलोमा जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पुस मसान्तसम्ममा कम्पनीको लगानी १५६।४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०।८५ अर्ब रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथसाथै कम्पनीले हालसम्म १९७।१८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ। ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार