free website hit counter

नवील–एनबीको मर्जरलाई अर्को साता फाइनल अप्रूभल

beemaadmin
२०७९ असार ३, शुक्रबार

काठमाण्डौ । नवील बैंक र नेपाल बंगलादेश एनबी बैंकबीचको मर्जरलाई नेपाल राष्ट्रबैंकले अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको बुझिएको छ । राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव एकदुई दिनमै सञ्चालक समितिमा लगिने जानकारी दिए ।
केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नवीलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल केहीको दिन ढिलाईपछि अगाडि बढेको छ । नवील बैंकले समेत राष्ट्रबैंकमा फाइनल अप्रूभलका लागि ताकेता गरिरहेको ती अधिकारीले जानकारी दिए । नवील बैंकले समयमै फाइनल अप्रूभल आएमा असार तेश्रो साताभित्रै बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार थाल्ने तयारी गरिरहेको छ । नवीलको यो तयारीमा बाधा नपुग्ने गरी राष्ट्रबैंकले स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार