free website hit counter

नागरिक लगानी कोषको नाफा ९० करोड नजिक

beemaadmin
२०८२ बैशाख २८, आईतवार

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.२३ प्रतिशत र कुल खर्च ३९.३६ प्रतिशत बढेको छ। नाफा बढेपनि कम्पनीको ईपीएस भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ। ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार