free website hit counter

नागरिक लगानी कोषले पारित गर्यो २३.१६ लाभांश

beemaadmin
२०७६ भाद्र ३१, मंगलवार

काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित भएको छ । भदौँ ३० गते सोमबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले २३.१६ प्रतिशत लाभांश पारित गरेको हो ।

कोषले २२ प्रतिशत अर्थात २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत अर्थात एक करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गरेको छ । बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ । सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

सम्बन्धित समाचार