free website hit counter

नागरिक लगानी कोषले बोलायो साधारण सभा

beemaadmin
२०८१ पुष ९, मंगलवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषले साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार