काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमासमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष ७६ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ६२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्त पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ५३ करोड रुपैयाँ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको महाविपत्ती कोषमा १३ करोड ४५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.०४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१।९९ रुपैयाँ रहेको छ ।