free website hit counter

नाफामा फड्को मार्दै बैंकहरु

beemaadmin
२०७६ भाद्र ७, शनिबार

लगानीको राम्रो वातावरण भएन भनी व्यवसायीहरुले गनगन गरिरहेको बेला वाणिज्य बैंकहरुले नाफामा राम्रै फड्को मारेका छन् । स्थिर सरकार भए पनि शेयर कारोबार निरन्तर आरोलो लागिरहेको समयमा बैंकहरुले यस्तो मुनाफा आर्जन गरेका हुन् । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा यस आव २०७५/७६) मा व्यावसायिक विस्तार राम्रो भएकाले वाणिज्य बैंकहरु मुनाफा बढाउन सफल भएको बताइन्छ । यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ६५ अर्बभन्दा बढी देखिएको छ । २८ वाणिज्य बैंकहरुले औसत २५ प्रतिशतले नाफा बढाएको तथ्यांकले देखाएको छ ।

कुन बैंकले नाफा कति ?

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा आर्जन गरेको छ । अरुलाई पछि पार्दै सबैभन्दा बढी ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले तीन अर्ब ६५ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कृषि विकास बैंक
कृषि विकास बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवमा कमाएको नाफा अघिल्लो वर्षभन्दा १९ दशमलव १५ प्रतिशतले बढी हो ।

नबिल बैंक
नबिल बैंकले ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले तीन अर्ब ९८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले ३१ करोड २२ लाख रुपैयाँ मात्र नाफा बढाएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक

आर्थिक वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ रहेको छ । गत आवको तुलनामा नाफा सात प्रतिशत घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा इन्भेष्टमेन्टले तीन अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

एनआईसी एसिया
एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३३ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले आर्थिक वर्षमा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लोे वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५८ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो ।

हिमालयन बैंक
हिमालयन बैंक गत आर्थिक वर्षमा २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा हिमालयनले १ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

नेपाल बैंक
नेपाल बैंकले गत आवमा २ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा बैंकको अघिल्लो वर्षभन्दा ६० करोडले कम हो ।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब ७८ करोड रहेको छ । बैंकले गत आर्थिक वर्ष ३८ प्रतिशतले नाफा बढाएको हो । बैंकले २०७५ असार मसान्तमा २ अर्ब १ करोड नाफा आर्जन गरेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा स्ट्याण्डर्डले दुई अर्ब १८ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो ।

प्राइम बैंक
प्राइम बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष एक अर्ब ७२ करोड रुपैयाँ थियो ।

सानिमा बैंक
सानिमा बैंकले गत आवमा २ अर्ब २४ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्षका तुलनामा उक्त बैंकले ३२ प्रतिशतले नाफा वृद्धि गरेको हो । २०७५ असार मसान्तमा बैंकले १ अर्ब ६८ करोड नाफा आर्जन गरेको थियो ।

एनएमबी बैंक
एनएमबी बैंकले २७.६६ प्रतिशतले नाफा बढाएर २ अर्ब ३१ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एनएमबीले १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आवमा २१ प्रतिशतले नाफा बढाउँदै २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुद नाफा पु¥याएको छ । अघिल्लो वर्षको बैंकको नाफा एक अर्ब ९० करोड ४० लाख रुपैयाँ थियो ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले गत आवमा १३ प्रतिशतले नाफा बढाउँदै २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा बैंकले दुई अर्ब दुई करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्रभु बैंक
सबैभन्दा धेरै प्रतिशत नाफा बढाउँदै प्रभु बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३ करोड नाफा आर्जन गर्न सफल भएको छ । प्रभु बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा एक सय ४४ प्रतिशतले वृद्धि गरेको हो । २०७५ असार मसान्त अवधिमा ८३ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

बैंक अफ काठमाण्डु
बैंक अफ काठमाण्डु लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बीओकेले एक अर्ब ३२ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षभन्दा नाफा ४६ दशमलव ७० प्रतिशतले बढी हो ।

मेगा बैंक
मेगा बैंक नाफा अघिल्लो वर्षको तुलनामा साढे ३० प्रतिशत बढाएर गत आर्थिक वर्षमा १ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३१ करोड ७३ लाख रुपैयाँ गरेको थियो ।

सनराइज बैंक
सनराइज बैंकले गत आर्थिक वर्षमा कुल नाफा १ अर्ब ७० करोड ७० लाख कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा सनराइजले एक अर्ब ४७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षभन्दा ३६ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकको नाफा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा २६ करोडले बढी नाफा आर्जन भएको छ । २०७५ असार मसान्तमा बैंकले जम्मा एक अर्ब २२ करोड नाफा आर्जन गरेको थियो ।

कुमारी बैंक
गत आर्थिक वर्षमा कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कुमारी बैंकले अघिल्लो आर्थिक वर्षमा २८ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्षको सोही अवधिमा कुमारीले एक अर्ब चार करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

लक्ष्मी बैंक
लक्ष्मी बैंक गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लक्ष्मीले एक अर्ब १८ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो वर्ष नाफा ३३ दशमलव ४३ प्रतिशत बढाएको हो ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गएको आवमा ४१.२२ प्रतिशतले नाफा वृद्धि गरेकोे छ । अघिल्लो आर्थिक वर्ष बैंकले एक अर्ब १४ करोड नाफा आर्जन गरेको थियो ।

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी)
नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एनसीसीले एक अर्ब ३४ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो ।

जनता बैंक
आर्थिक वर्ष २०७५/०७६ मा जनता बैंकको नाफा १ अर्ब ३४ करोड पुगेको छ । बैंकले अघिल्लो आवमा एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकल आर्थिक वर्ष २०७५/०७६ मा ८६ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ९१ करोड नाफा आर्जन गरेको थियो ।

सिभिल बैंक
गत आर्थिक वर्षमा सिभिल बैंकले ७६ करोड ४ लाख रुपैयाँ नाफा गरेको हो । अघिल्लो आर्थिक वर्ष ६२ करोड ९८ लाख रुपैयाँ थियो । बैंकले अघिल्लो वर्षको तुलनामा २० दशमलव ७१ प्रतिशतले नाफा बढाएको हो ।

सम्बन्धित समाचार