नायिका निरिशा बस्नेतलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमितको परिचय गोप्य राखिने गरेको भए पनि नायिका बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी सामाजिक संजालमार्फत् गराएकी छिन् । बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको जानकारी गराएकी हुन् । उनले अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् । बस्नेतले फिल्म ‘जानी नजानी’मा अभिनय गरेकी छिन् । उनी केही समयदेखि भारतीय फिल्मनगरी मुम्बईमा छिन् । मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको नायिका बस्नेतले जनाएकी छिन् । कोरोनाको लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको नायिका बस्नेतले बताएकी छिन् । नायिका बस्नेत हाल मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकी छन् ।
तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् । दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् । हामी उनकाे स्वास्थ्य लाभकाे कामना गर्दछाैं ।