काठमाडौं । जीवन बीमाका क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै अघि बढेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले राजिनामा दिएका छन् । नयाँ वर्ष २०७९ बैशाख एक गतेदेखि लागु हुने गरी उनले राजिनामा दिएका हुन। उनले दिएको राजिनामा फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । पौडेल २०७६ जेठदेखि प्रभु लाइफको सिइओ पदमा छन् । उनि नेपाल राष्ट्र बैंकबाट अवकास भएको डेढ महिनापछि प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनले राजिनामा दिए सँगै कम्पनीले बीमा विज्ञका रुपमा चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई सल्लाहकारमा नियुक्ति गरिसकेको छ । बीमा समितिले केहि दिन अगाडि प्रसाइको नियुक्तिलाई अनुमति समेत दिइसकेको छ । कुलिङ पिरियडका कारण प्रसाई तत्काल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन पाउँदैनन् । कुलिङ पिरियड सकिने वित्तीकै उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी अहिले विज्ञको रुपमा नियुक्त गरिएको हो । नियामक निकाय बीमा समितिकै स्वीकृति र अनुमतिमा प्रसाई नियुक्त भएका हुन् ।