free website hit counter

निफ्राको त्रैमासिक नाफा ५९ करोड नजिक

beemaadmin
२०७८ बैशाख १६, बिहीबार

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५८ करोड ९२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार निफ्राको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १।२४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म निफ्राले ५८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा निफ्राले सञ्चालन मुनाफाबापत ८३ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको यही अवधिसम्मको तुलनामा ०।६१ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा ८३ करोड ४ लाख रुपैयाँ रहेको थियो।
यो अवधिसम्म निफ्राको खुद ब्याज आम्दानी ०।८१ प्रतिशतले बढेर ९३ करोड ५२ लाख रुपैयाँमा पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९२ करोड ७६ लाख रुपैयाँ रहेको थियो। यो ९ महिनामा निफ्राले ३० करोड ९४ लाख रुपैयाा निक्षेप संकलन गरी २ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
निफ्राको रिजर्भको आकार ४५।९२ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.०२ रुपैयाँ रहेको छ। पीई रेसियो ११६।६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने ११०।७७ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार