free website hit counter

निफ्राले बढायो नाफा

beemaadmin
२०८० श्रावण ७, आईतवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२।७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो। खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन मुनाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ।
गत असार मसान्तसम्ममा २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०३.५७ प्रतिशत बढेको छ भने कर्जा २९.६१ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार