free website hit counter

निर्जीवन बीमकले जम्मा पारे एकै महिनामा ३ अर्ब बढी बीमा शुल्क

beemaadmin
२०८१ कार्तिक १४, बुधबार

काठमाडौं । निर्जीवन बीमा कम्पनहिरुले एक महिनामा साढे ३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले कुल २ लाख ४० हजार ६८ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ६४ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । एक महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४२ करोड ४१ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ३९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । तेस्रोमा ओरिएण्टल इन्स्योरेन्सले ३९ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३२ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले ३० करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी एनएलजी इन्स्योरेन्सले २७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २२ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले १९ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १८ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १७ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सम्बन्धित समाचार

नेपाल लाइफद्वारा आगामी रणनीति तर्जुमा

beemaadmin
२०८१ कार्तिक १५, बिहीबार

नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न

beemaadmin
२०८१ कार्तिक १४, बुधबार

नबिल बैंकको लाभांश घोषणा

beemaadmin
२०८१ कार्तिक १४, बुधबार