free website hit counter

निर्जीवन बीमा व्यवसायमा कोरोना असर

beemaadmin
२०७७ आश्विन १७, शनिबार

काठमाडौं । कोरोना कहरले विश्व अर्थतन्त्रलाई तहसनहस बनाएका बेला कुन क्षेत्र होला यसबाट प्रभावित नभएको ? बीमा व्यवसायमा पनि कोरोनाको असर देखिन थालेको छ । साउनमा २ अर्ब ७० करोड बीमा शुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुको भदौ महिनाको बीमा शुल्क ६२ करोड रुपैयाँले घटेको छ । गत साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । भदौ महिनामा भने २ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको बीमा समितिले जानकारी दिएको छ ।
भदौ महिनामा २९ करोड बीमा शुल्क संकलन गरेर शिखर इन्स्योरेन्स कम्पनी अग्र स्थानमा रहेको छ । साउनमा शिखरले २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । भदौ महिनामा सगरमाथा इन्स्यारेन्स कम्पनीले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत साउन महिनामा भने ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेर सगरमाथा इन्स्योरेन्स कम्पनी अग्र स्थानमा थियो ।
भदौ महिनामा सिद्धार्थ इन्स्यारेन्स कम्पनीले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थले गत साउनमा २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । भदौ महिनामा नेको इन्स्यारेसन्स कम्पनीले १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउनमा सो कम्पनीले २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
एनएलजी इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो कम्पनीले साउन महिनामा १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बिमक संघका सचिव चंकी क्षेत्रीका अनुसार कोरोना महामारीका कारण निर्जीवन बीमा क्षेत्रको बीमा शुल्कमा प्रभाव देखिएको हो ।

सम्बन्धित समाचार