free website hit counter

निर्मला पन्तका ‘हत्यारा’ नजिकै

beemaadmin
२०७६ मंसिर ११, बुधबार

निर्मला पन्त हत्याकाण्डबारे बुझ्न बाँकी केही छैन । तर, काम पनि अगाडि बढ्दैन । गर्नुपर्ने काम गरिहाले प्रहरी मात्र हैन, सरकारसम्मको सफलता मानिन्छ । तर, अझै काम ठप्प छ । घटनालगत्तैको अनुसन्धानमा लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्टले जागिर गुमाए । सिआइबीबाट खटिएका डिएसपी अंगुर जीसी अनुसन्धान प्रक्रियालाई गिजोलेको नाममा निलम्बित छन् ।

त्यसपछि खटिएका कुनै पनि प्रहरी प्रमुखले यसबारे खासै सिन्को भाँँचेनन् । कुबेर कडायत गए, पावर लगाएर काठमाडौं फर्किए । अहिले दिनेश आचार्य छन् । ‘काम हुन्छ तर त्योभन्दा अघि मेरो सरुवा हुनुपर्छ’, भन्दैछन् । कारण रहेछ, केपी सरकारलाई यही घटनाबाट सेक्नुपर्ने कांग्रेसको बुझाइ । डिएनएबाहेक सबै प्रकारका अनुसन्धानबाट दोषी करार भइसकेका दिलिपसिंह बिष्ट पक्राउ पर्न नहुनेमा स्थानीय कांग्रेसजन प्रतिष्ठाकै विषय बनाएर तल्लीन छन् । यही कुरामा अडिग हुँदा एसपी कडायत निश्चित भइसकेको बढुवामा परेनन् । उनलाई त्यहीँ राखेर यो काम फत्ते गराउने हेडक्वार्टरको योजना थियोे । तर, सुपका अनेकन नेता लगाएर त्यहाँबाट देखिए ।

Advertisement
Advertisement

यता, गतिलो ठाउँमा राखिएन, पहरा गणमा छन् । गत हप्ता यो काण्डको अन्तिम किनारा लगाउन धनगढी पुगेका आइजी सर्वेन्द्र खनालले भनेका छन्, ‘निर्मला काण्ड नसल्ट्याई मैले रिटायर्ड हुनुप¥यो भने त्यसको दुःखले क–कसलाई तान्छ सबैले ख्याल राख्दा हुन्छ ।’

Advertisement
Advertisement

अर्को समस्या हो, अनुसन्धान टुंगिएर दोषी बनाइसकिएको दिलिपसिंह विष्टलाई नै समात्ने हो भने त्यो काम फत्ते गर्ने प्रहरीले कुनै बहादुरी कमाउने हैन, मात्रै अंगुरको ठहरलाई कार्यान्वयन गर्ने हो । यस्तो गनगन, पानी मरुवा शैली देखेर हैरान भएका आइजीले धनगढीबाट सिआईबी र इन्टरपोल हेर्ने प्रमुख अधिकारीहरुसँगै काठमाडौं फर्किनासाथ एउटा टिम बनाएका छन् । त्यसले १४ गतेको उपचुनावलगत्तै छापामार शैलीमा महेन्द्रनगरबाट मान्छे उठायो भने अचम्म नमाने हुन्छ ।

(साप्ताहिक जनआस्थाबाट साभार)

सम्बन्धित समाचार