free website hit counter

निर्माण व्यवसायीलाई सात लाखको दुर्घटना बीमा

beemaadmin
२०७८ माघ २४, सोमबार

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट तथा सर्वोत्तम स्टील लिमिटेडले निर्माण व्यवसायी (ठेकेदार) लाई सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराएको छ । हालै आयोजित प्राविधिक भेटघाट कार्यक्रममा कम्पनीले ‘सर्वोत्तमको न्यानो सौगात’ नामक योजनासमेत थालेको छ । कम्पनीका उपाध्यक्ष सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरूले आफ्नो साइट रजिष्टर गराएबापत सर्वोत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वोत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटना विरुद्ध सात लाख रुपैयाँ बराबरको बीमा सुविधा पाउनेछन् ।

हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका एक हजार ठेकेदारहरूका लागि बीमा सुविधा प्रदान गराउने लक्ष्य लिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आप्mनो साइट रजिष्टर गराई योजनाको फाइदा लिन निर्माण व्यवसायीहरूले ९८०२३२०६०१ मा सम्पर्क गर्न सक्नेछन् । भेटघाट कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड इञ्जिनियर अभिषेक झाले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र खपत पनि कम हुन्छ भन्नेबारे जानकारी दिएका थिए ।
सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रीन सर्वोत्तम ओपीसी र सौरभ ग्रीन पीपीसी नामक ब्राण्डका सिमेन्टहरू सौरभ ग्रुपले नेपालभर बिक्रीवितरण गरिरहेको छ । ओपीसी ४३ र ५३ ग्रेड का साथै पीपीसी सिमेन्ट पनि उत्पादन तथा बिक्रीवितरण गर्ने यो एक मात्र सिमेन्ट कम्पनी हो । यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० वर्गसेन्टिमिटरसम्म रहेको छ । आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरूपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलोपटक एक्स–रे डिफ्राक्सन मेशिन प्रयोग गर्दै आएको छ ।
उद्योगको उत्पादन क्षमता ७०,००० बोरा रहेको छ । देशका ठूला–ठूला परियोजनाहरू तथा राष्ट्रिय गौरवका आयोजनाहरू लगायत विशाल पुल, बाँध, हाइड्रोपावर र धावनमागदेखि हाउजिङ्ग कम्पनीहरूमा समेत सर्वोत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको कम्पनीले दाबी गरेको छ । यसैगरी, सर्वोत्तम स्टील एफई ५०० फलामे डण्डीमा सर्वोत्तम लचकता तथा मजबुती रहेको कम्पनीले जनाएको छ । सर्वोत्तम फलामे डण्डी आप्mनो डायमण्ड रिबका कारण अन्य फलामे डण्डी भन्दा निकै फरक रहेको पनि कम्पनी दाबी गर्छ । अन्य फलामे डण्डीको तुलनामा सर्वोत्तमको फलामे डन्डीले कंक्रिटसँग ६० प्रतिशत बढी पकड शक्ति प्रदान गर्ने जनाइएको छ । सौरभ ग्रुपले आफ्नो उत्पादन फलामे डन्डी पनि देशभर बिक्रीवितरण गरिरहेको छ ।

सम्बन्धित समाचार