free website hit counter

निषेधाज्ञाले नरोकिने भयो रिलायन्स लाईफको आईपिओ

beemaadmin
२०७७ भाद्र ३, बुधबार

काठमाडौं । पूर्व निर्धारित कार्यतालिकाअनुसार रिलायन्स लाईफले आफ्नो आइपीओ भोलिबाट जारी गर्ने नै भएको छ । काठमाडौंका तीन वटै स्थानीय प्रशासनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक सेवा बाहेकका सबै कार्यमा रोक लगाउने निर्णय गरिसकेको अवस्थामा पनि रिलायन्सले आइपीओ निष्कासनको मिति फेरबदल नगर्ने भएको छ ।

सबै कम्पनीहरुको आईपिओ पूर्व निर्धारित मितिमा जारी हुने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताएका छन् । साउन महिनाभरको समय दिएर अनलाईनमा खाता खोल्न समय दिइएकोले अहिले आएर भ्याइन भनेकै भरमा आईपिओ निष्काशन पर सार्ने काम नहुने उनले बतार्एका छन् । छ लाख भन्दा बढिले मेरो शेयरमा खाता खोलेकाले सबैले शेयर भर्न पाउने विश्वास ढुंगानाले व्यक्त गरे । बिक्री प्रबन्धक सानिमा क्यापिटलले पनि रिलायन्स लाईफको आईपिओ नरोकिने स्पष्ट पारिसकेको छ ।

सम्बन्धित समाचार