free website hit counter

निषेधाज्ञा अर्को एक साता थप्ने यस्तो छ तयारी

beemaadmin
२०७७ भाद्र ९, मंगलवार

काठमाडौं । १२० दिन लामो पट्यारलाग्दो लकडाउनको दोस्रो शृङ्खलालाई पनि उस्तै पट्यारलाग्दो बनाउन लागिएको छ । अघिल्लो लकडाउनले थिलथिलो भएको अर्थतन्त्रलाई मुन्टै उठाउन नदिने गरी फेरि शुरु गरिएको निषेधाज्ञालाई थप गर्ने तयारीमा राजधानी काठमाडौंका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी पुगेका छन् ।
काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधवार मध्यरातबाट सकिँदै छ ।

निषेधाज्ञाको समय सकिनुअघि मंगलबार दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्ट बैठकमा बस्दै छन् । बैठक बस्नुको मुख्य एजेन्डा जारी निषेधाज्ञालाई अर्को एक साता लम्ब्याउनु रहेको छ । निषेधाज्ञाको समय सकिनुअघि बस्ने बैठकले आगामी नयाँ रणनीति बनाउँदै उद्योग धन्दालाई केही सहज बनाउने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञाको कार्यान्वय अवस्था समीक्षा गर्ने र भावी रणनिती तय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको स्थानीय प्रशासनको निष्कर्ष रहे पनि सरकारले परीक्षणको दायरा नबढाउँदा राजधानीमा आतंक उस्तै छ । प्रमुख जिल्ला अधिकारीहरुले अहिलेकै मोडलको निषेधाज्ञालाई थप एक साता बढाउने तयारी गरेका छन् । सोमबार उपत्यकाका स्थानीय प्रशासनले निषेधाज्ञाको प्रारम्भिक समीक्षा गरेका थिए । सो बैठकमा अहिलेकै निषेधाज्ञाको स्वरुपलाई निरन्तरता दिनुपर्ने कुरा उठेको थियो । प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुखसँग पनि यसबारे छलफल गर्दैछन् । स्थानीय निकायका जनप्रतिनिधिहरु पनि जारी निषेधाज्ञालाई अझै लम्ब्याउने पक्षमा रहेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार