free website hit counter

नेकपाले गाउँपालिका थप्दा कांग्रेसलाई प्रदेशसभा

beemaadmin
२०७६ मंसिर १६, सोमबार

काठमाडौं । देशभरका ५२ स्थानका लागि भएको उपनिर्वाचनमा ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्षको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।
एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की क्षेत्रनम्बर २ सहित २९ स्थानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाउन पुगेको छ । प्रदेशसभाका ३ सिटमध्ये भक्तपुर क्षेत्रनम्बर १ (क) कांग्रेस विजयी भयो भने दाङ क्षेत्रनम्बर ३ (ख)मा नेकपा र बागलुङ क्षेत्रनम्बर २ (ख)मा नेकपाको समर्थनमा राजमोले जितेको छ ।
यसअघि सँधै कम्युनिष्टको गढ मानिएको धरान उपहानगरपालिकामा नेकपा मतगणनामा शुरुदेखि नै पछि छ । करिब १० हजार मत गन्न बाँकी रहदा नेकपा एक हजार मतले पछि परेको छ । धरानको वडा नम्बर ७ पनि यसअघि नेकपाले नै जितेको थियो ।
उपचुनावमा कांग्रेसले दुई गाउँपालिका गुमाए पनि भक्तपुरको प्रदेशसभा सदस्य थपेर सत्तारुढ दलप्रतिको जनअसन्तुष्टिलाई उजागर गरेको छ । उपचुनावको मतगणना सकिएका ५० मध्ये कांग्रेसले एक प्रदेशसभा सदस्यसहित ११ वडाअध्यक्ष जितेर १२ स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ ।
त्यस्तै समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ३ वडाध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।

सम्बन्धित समाचार