काठमाडौं । नेको इन्स्योरेन्सले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कम्पनीको खुद बिमाशुल्क आर्जन झण्डै ११ प्रतिशतले बढेर १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको नाफा ३० प्रतिशतले बढेर ४४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।असार मसान्त सम्ममा १ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ५२ करोड ४४ लाख रुपैयाँ छ ।यसअवधिमा कम्पनीले कुल ७७ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६० करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।