काठमाडौं । नेको इन्स्योरेन्सले बीमितहरुलाई गत माघसम्ममा ७२ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्यारेन्सले गत आव र चालु आवको माघ महिनासम्ममा परेको दावीमध्ये ७ हजार १३६ वटा दाबीको सो मात्राको भुक्तानी गरेको हो । इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष २०७८–७९ को असार मसान्तसम्मको दावी भुक्तानी गर्न बाँकी रहेको दाबीमध्ये जम्मा ३ हजार ६७२ वटा दावीको ५२ करोड ९१ लाख भुक्तानी गरी सकेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७९–८० को माघसम्म आइपुग्दा चालु आवमा परेका दावीमध्ये ३ हजार ४६४ वटा दावीको १९ करोड ८० लाख रुपैयाँ भुक्तानी गरी सकेको इन्स्योरेन्सले जानकारी गराएको छ । त्यस्तै, कम्पनीले कागजात पुरा भएका दावीहरुको यथाशीघ्र दावी भुक्तानी नीति लिएको कम्पनीले दावीकर्ता बीमितहरुलाई बाँकी कागजात बुझाई यथाशीघ्र दावी भुक्तानी लिन समेत अनुरोध गरेको छ । विगत २७ वर्षदेखि नेपाली बीमा बजारमा सेवा पुर्याउँदै आएको नेको इन्स्योरेन्सले छिटो छरितो दावी भुक्तानी गर्दै आएको छ । र, बीमा दावी समयमा तिर्नुपर्छ भन्नेमा कम्पनी सचेत छ । जसको फलस्वरुप विगत केही वर्षहरुदेखि निरन्तर आफ्नो व्यवसायको आकार बढाउँदै आएको कम्पनीको दावी छ ।