free website hit counter

नेताका वरिपरि कोरोनाको घेरो

beemaadmin
२०७७ भाद्र ६, शनिबार

काठमाडौँ । सिंहदरबारको पर्खाल समेत नाघिसकेको कोरोनाले नेताहरुलाई समेत घेराबन्दी गर्दै लगेको छ । सभामुखका सुरक्षाकर्मी, नेकपा अध्यक्ष पुष्पकमल दाहालका सुरक्षाकर्मी, नेकपा महासचिव विष्णु पौडेलका पिसओ र सुरक्षाकर्मी हुँदै अहिले माधव नेपालका ९ जना सुरक्षाकर्मीसम्म कोरोना पुगिसकेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्‍वरको सुरक्षामा तैनाथ सातजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको हो। नेता नेपाल निवासको सुरक्षा टोली र ड्राइभरसहित सातजनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुलाई आइसोलेसनमा राखिएको छ भने सम्पर्कमा आएका अन्यको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको छ। नेपालको सुरक्षामा तैनाथ प्रहरीको टोलीमा कोरोना पुष्टि भएपछि अर्को टोली कोटेश्‍वर आइसकेको छ। नेता नेपालसहित परिवार र सचिवालयका सदस्यहरुको परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार