free website hit counter

नेपालमा कोरोना नपुगेका जिल्ला

beemaadmin
२०७७ जेष्ठ २५, आईतवार

काठमाडौं । दुई तीन जना संक्रमित भेटिँदा आतंकित बनेको समाज अहिले ३ हजार माथि संक्रमित पुग्दा आतंकित हुन छाडेको छ । अब के पहाड, के तराई सबैतिर कोरोनाको आतंक पुगिसकेको छ । भारतीय सिमाना जोडिएका जिल्लामा कोरोनाको कहर बढी नै रहेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितहरु ६८ जिल्लामा पुगेको छ । अहिलेसम्म ३२३५ जना कोरोना संक्रमित पुगेका छन् । कोरोनाकै कारण १३ जनाले ज्यान गुमाएका छन् । ३६५ जना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म देशभरका ७७ जिल्लामध्ये ६८ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिसकेको छ ।अब ९ जिल्ला मात्रै संक्रमणबाट जोगिएका छन् । इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र रोल्पामा हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

सम्बन्धित समाचार