free website hit counter

नेपालमा थपियो १४ संक्रमित, सबै पुरुष

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन पछिल्लो समय निकै आक्रमक रुपमा सरकारले कार्य गर्दै परीक्षणको दायरा फराकिलो पारेसँगै संक्रमित व्यक्ति भेटिन टालेका छन् । एकैदिन १४ जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटा चितवनका २ वटा गरी १४ जना नयाँ संक्रमित फेला परेका हुन् । यसअघि १६ जनामा कोरोना संक्रमण देखिएकोमाम एक जना निको भइसकेका छन् भने १५ जना केन्द्र र प्रदेशका विभिन्न अस्पतालमा उपचारत छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय रहेका छन् । दुई जना संक्रमित चितवनका हुन् । उदयपुर जिल्लाका १२ जनामा सबै पुरुष (३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष) छन् भने चितवन जिल्लामा भभेटिएका २ जना पनि पुरुष नै (२७ र ६३ वर्ष) रहेका छन् ।

सम्बन्धित समाचार