free website hit counter

नेपालमा भेटियो छैटौं संक्रमित

beemaadmin
२०७६ चैत्र २०, बिहीबार

काठमाडौं । सम्भावित जोखिमसँग जुध्न सरकारले संक्रमितको खोजी गर्ने कार्य जारी राखेको बेला नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको व्यक्तिमा कोरोना पुष्टि भएको हो । त्यही फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा ५ औं केसका रुपमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा कोरोना संक्रमण देखिनेको संख्या अहिलेसम्म ६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ । छैटौं केसको रुपमा कोरोना संक्रमण देखिएका व्यक्ति पनि बाग्लुङ नै घर भएकी महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । अहिले उनको अवस्थाबारे भने थप जानकारी लिने प्रयास भइरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार