free website hit counter

नेपाली भूमिमा सीमा स्तम्भ गाड्ने भारतीय फौजलाई नेपाली जनताले लखेटे

beemaadmin
२०७७ पुष २०, सोमबार

काठमाडौं । शासकहरु भारतका सामु झुके पनि नेपाली जनता कहिल्यै झुकेका छैनन् । सीमा रक्षाका लागि निशस्त्र भए पनि ज्यानको बाजी लगाएर लडिहरेका छन् । त्यसैले नेपाली भूमि भारतीय पक्षबाट त्यति मिचिन नपाएको हो । नेताहरुकै जस्तो सिम्म पर्ने शैली जनताले देखाउने हो भने नेपालको भूगोल सानो भइसकेको हुने थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्वी सीमावर्ती क्षेत्रमा जबर्जस्ती पिलर गाढेपछि स्थानीयले लखेटेका छन् ।

सूर्योदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले हिजो राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयले प्रतिकार गरेका छन् । स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर उखेलेर पछि हटेको छ ।

सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी) का इन्स्पेक्टर नवीन खतिवडाले एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको बताए । भारतले सीमाक्षेत्रमा राखेको एसएसबीको बिओपीमा नयाँ नेतृत्व आएपछि यहाँ पिलर गाढ्ने प्रयास गरेको उनले बताए ।

सम्बन्धित समाचार