free website hit counter

नेपाल अर्बुद रोग निवारण संस्थाको २९औं केन्द्रीय सभा सम्पन्न

beemaadmin
२०७६ पुष २०, आईतवार

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाको २९औं केन्द्रीय सभा सम्पन्न भएको छ । ४४ जिल्लाबाट प्रति जिल्ला जिल्ला कार्य समितिका ५ जनाका दरले उपस्थिति रहेको उक्त केन्द्रीय सभाको समापनमा आयोजित विशेष कार्यक्रममा सस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ (ईश्वर)ले सहभागी सबैलाई विशेष धन्यवाद दिनुभएको थियो ।

काठमाडौंको चिसो मौसममा पनि आङ्खनै खर्चमा सहभागी हुन आउनुभएका जिल्ला प्रतिनिधिहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै उहाँले सभाको गरिमा बढाउन र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा उपस्थिति प्रतिनिधिहरुप्रति कृतज्ञता व्यक्तगर्दै संस्थाको उद्देश्य पूरा गर्न र सभाबाट पारित भएका विषयलाई कार्यान्वयनमा ल्याउनका लागि उपस्थिति प्रतिनिधिहरुलाई विशेष आग्रह गर्नुभएको थियो ।

सभाको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक विशेष समारोहकाबीच शुक्रबार गर्नुभएको थियो । सो कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, उपभोक्तावादी नेता ज्योति बानिया, क्यान्सर अस्पतालका पूर्व निर्देशक डा. प्रकाश न्यौपाने, डा. सुदीप श्रेष्ठ र संस्थाका पूर्व अध्यक्षहरु जितबहादुर श्रेष्ठ, दिवाकर राजकर्णिकारलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन भूमिका खेलेकोमा केन्द्रीय अध्यक्ष श्रेष्ठले स्वास्थ्यमन्त्री ढकाललगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सम्बन्धित समाचार