free website hit counter

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३ अर्ब माथि

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड ५२ लाख रुपियाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपियाँ खुद नाफा गरेको थियो । त्यस्तै, चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ अर्ब ७९ करोड रुपियाँ थियो । चालू आवको चैत मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपियाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपियाँ छ । साथै, समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपियाँ रहेको छ । यो अवधिमा बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी १२.८० रुपियाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.२१ गुणा र प्रतिशेयर नेटवर्थ १७२.५७ रुपियाँ रहेको छ । यस अवधिमा बैंकको खरा कर्जा बढेर ४।६६ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा ३।९४ प्रतिशत खराब कर्जा थियो । साथै, बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक छ ।

सम्बन्धित समाचार