free website hit counter

नेपाल इन्स्योरेन्सको बीमा शुल्क आर्जन १ अर्ब २७ करोड

beemaadmin
२०८२ बैशाख २९, सोमबार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३९.४४ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८ करोड ७१ लाख रुपैयाँ र अन्य इक्विटीमा १० करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २६ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ९० लाख रुपैयाँ रहेको थियो। तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १९ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७.३७ प्रतिशतले बढेको छ। म्पनीले समीक्षा अवधिसम्म ५९ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४९ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क २०.५६ प्रतिशतले बढेको छ। शेयरपुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ईपीएस घटेर १२.५८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २३.८९ रुपैयाँ थियो। पीई रेसियो ६३.६९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १९०.९१ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार