काठमाडौं । नेपालको इतिहासमा पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी गौरवमय ७३ वर्षको व्यवासयिक यात्रा गर्न सफल भएको छ ।
आमा नागरिकले बीमाका बारेमा नसुनेका बेला बजारमा उपस्थिति जनाएर बीमाका बारेमा चेतना फैलाउने सो कम्पनीले आफ्नो ७३ वर्ष प्रवेशका अवसरमा कम्पनीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ र सहयोग गरी अगाडि बढ्न प्रेरित गर्ने समस्त ग्राहकवर्ग, नियामक निकाय तथा समस्त शुभचिन्तकहरुलाई यो गौरवमय दिनमा हार्दिक आभार व्यक्त गरेको छ ।
आगामी दिनमा पनि उत्कृष्ट सेवा दिने प्रतिवद्धता व्यक्त गर्दै कम्पनीले यसअघि जस्तै सबैको साथ र विश्वास पाउने अपेक्षा गरेको जनाएको छ ।