free website hit counter

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं । वरिष्ठ उद्योगी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रमका बीच उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा पूर्व अध्यक्ष सुरज बैद्य सहित चण्डिराज ढकाल र महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरुको पनि उपस्थिति थियो । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले महासंघको भावि अध्यक्षमा शेखर गोल्छालाई पाएको बताए । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान भएकाले वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुने गरेको छ ।
ढकालले नेपालमा राजनीतिक स्थायित्व भएसँगै लगानीको वातावरण पनि बन्दै गएकाले उद्यमी व्यवसायीलाई लगानीका लागि प्रसस्त अवसर भएको बताए । उनले भने, राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार, भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले महासंघको भावि अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गतिशीत टीम बन्ने विश्वास पनि व्यक्त गरे । त्यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित समाचार