काठमाडौं । विदेशबाट नेपाली श्रमिकको उद्धार तथा देशभित्र रहेका विदेशी नागरिकलाई गन्तव्यमा पु¥याएका नेपाल वायुसेवा निगमका पाइलट र चालकदलका सदस्यहरू कोरोनामुक्त भएका छन् । निगमका ४ जना पाइलटसहित १४ जना संक्रमणमुक्त भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् । पछिल्लो परीक्षणमा सबैको पीसीहार रिपोर्ट नेगेटिभ आएपछि सोल्टी होटलमा आइसोलेसनबाट घर पठाइएको हो । यही असार २२ गते नेपाल वायुसेवा निगमका पाइलट र चालक दलका सदस्य १४ जनामा कोरोना संक्रमण देखिएको थियो । पहिला उनीहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा राखिएको थियो । खानपान तथा बसाइको राम्रो व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाएपछि ह्याम्स अस्पताल सारिएको थियो। तर पछि अस्पतालको उपचार शुल्क महंगो रहेको भन्दा पाँचौं दिनपछि संक्रमति सबैलाई सोल्टी होटलकै आइसोलेसनमा राखिएको थियो ।