काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। गत आर्थिक वर्षको मुनाफाबाट दिने घोषणा भएको लाभांश सो सभाले अनुमोदन गरेको छ । काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आज सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.३१ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५।५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश ९करसहित० रहेका छन्।
सभाले बैंकको गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरणलगायतका प्रतिवेदनहरु पारित गरेको छ। सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।
सभाले बैंकका तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्नेरगराउने सम्बन्धमा आवश्यक कामहरु गर्नरगराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।