काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी कुल १०.५५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९–८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९–८० वार्षिक आर्थिक विवरण ९असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९–८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।