free website hit counter

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा अर्याल

beemaadmin
२०८० आश्विन १८, बिहीबार

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको निर्णयअनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो । उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी।ई। र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम।ई। गरेकी छन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् । यस्तै २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सम्बन्धित समाचार