free website hit counter

नेपाल पुनर्बीमालाई निर्जिबनले नाफा दिँदा जीबन बीमाबाट घाटा

beemaadmin
२०८० जेष्ठ २३, मंगलवार

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमाससम्ममा ४६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट १७ करोड २० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ र जीवन व्यवसायबाट ४ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फको नाफा ३८.१८ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको निर्जीवन र जीवन दुवै व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ। यो अवधिमा निर्जीवनतर्फ ५ करोड ६२ लाख रुपैयाँ र जीवनतर्फ १ करोड ८६ लाख रुपैयाँ व्यवस्थापन खर्च भएको छ। गत वर्ष यही अवधिमा यस्तो खर्च क्रमशः ५ करोड रुपैयाँ र ८१ लाख ७७ हजार रुपैयाँमात्रै थियो। दोस्रो त्रैमासमा यो कम्पनीको आयव्यय सारिएको हिसाबबाट निर्जीवन व्यवसायतर्फ ७२ करोड ८१ लाख रुपैयाँ नाफा भएको छ भने जीवन व्यवसायतर्फ १६ करोड ४५ लाख रुपैयाँ घाटा भएको छ। गत वर्ष यही अवधिमा नाफा क्रमशः ५ करोड ३५ लाख रुपैयाँ र ४ करोड ६ लाख रुपैयाँ रहेको थियो। लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ २४ करोड ८२ लाख रुपैयाँ र जीवन व्यवसायतर्फ १ करोड ४९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः २२ करोड ८८ लाख रुपैयाँ र १ करोड २ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म यो कम्पनीको निर्जीवन व्यवसायतर्फको बीमा कोषको आकार घटेर २ अर्ब ५१ करोड रुपैयाँमा खुम्चिएको छ भने जगेडा तथा कोषमा ६ अर्ब १७ करोड रुपैयाँ रहेको छ। गत वर्षको यही अवधिमा निर्जीवनतर्फको बीमा कोषको आकार २ अर्ब ५४ करोड रुपैयाँको थियो भने जगेडा तथा कोषको आकार ४ अर्ब १४ करोड रुपैयाँ रहेको थियो। कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फ १ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यही अवधिमा ४ अर्ब १७ करोड आर्जन गरेको थियो। यस्तै जीवन व्यवसायतर्फ समीक्षा अवधिमा १ अर्ब ८४ लाख बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आर्जन ७८ करोड ४० लाख रुपैयाँमा सीमित थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार