free website hit counter

नेपाल पुनर्बीमा कम्पनीले माग्यो सिइओ

beemaadmin
२०७६ आश्विन २४, शुक्रबार

काठमाडौं । सरकार र बीमा कम्पनीहरुको संयुक्त लगानीमा खुलेको नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । सो प्रयोजनका लागि नेपाल पुनर्बीमा कम्पनीले विज्ञापन प्रकाशित गरेर प्रमुख कार्यकारी अधिकृत पदका लागि इच्छुक उम्मेदवारहरुलाई आह्वान गरेको हो । अन्य आवश्यक योग्यता पुगेका, ६५ वर्ष उमेर नपुगेका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले सो पदका लागि आवेदन दिन सक्ने बताइएको छ ।

आवेदन दिनका लागि यस कम्पनीको ठेक्कापट्टा वा कुनै चल अचल सम्पत्तिसम्बन्धी कारोवारमा आफैँ वा आफ्नो परिवारको कुनै सदस्यको संलग्नता नभएको वा सो संस्थासँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको, टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको एवं दामासहीमा नपरेको, नियतबस बैँक तथा वित्तीय संस्थाको ऋण नतिरी प्रचलित कानूनबमोजिम कालोसूचीमा नपरेको, बीमा ऐन, २०४९ तथा बीमकको संस्थागत सुशासनसम्बन्धी निदेर्शिका, २०७५ बमोजिम योग्य भएको तथा बीमा समितिबाट जारी अन्य निर्देशनअनुसार अयोग्य नरहेको योग्यता पुग्नु पर्ने बताइएको छ ।

बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानून, गणित, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच, बैँक वा वित्तीय क्षेत्रमा भए आठ तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने बताइएको छ । चार्टर्ड एकाउन्टेण्सी, व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा बाह्र, बैँक वा वित्तीय क्षेत्रमा भए पन्ध्र तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा तेह्र वर्षको अनुभव गरेका व्यक्ति सो पदका लागि योग्य हुने प्रावधान राखिएको छ ।

सम्बन्धित समाचार