काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको रिक्त अध्यक्ष पदमा पुरुषोत्तम सुबेदीलाई जिम्मेवारी दिइएको छ । असार १५ गते मन्त्रीस्तरको निर्णयबाट सुबेदीलाई अर्को व्यवस्था नभए सम्म कामकाजको लागि अध्यक्ष नियुक्त गरेको हो । कम्पनीका अध्यक्ष महेश कुमार पुरागाईंको असार १४ गते पदावधि समाप्त भएपछि अध्यक्ष पद रिक्त थियो । मन्त्रीस्तरको निर्णय अनुसार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको पठाएको पत्रको आधारमा कम्पनीले सुबेदीलाई अर्को व्यवस्था नभए सम्मको लागि कामकाजको लागि अध्यक्ष नियुक्त गरेको जनाएको छ । सुबेदी कम्पनीको स्वतन्त्र संञ्चालक हुन् ।