free website hit counter

नेपाल पूनर्बीमा कम्पनीले कमायो ६२ करोड

beemaadmin
२०७७ जेष्ठ १, बिहीबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६२ करोड ३४ लाख मुनाफा कमाएको छ । कम्पनीले जीवन व्यवसायबाट ६ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने निर्जीवन व्यवसायबाट ५६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आर्थिक वर्षको यसै अवधिसम्ममा जीवन व्यवसायबाट ५ करोड ६७ लाख रुपैयाँ र निर्जीवन व्यवसायबाट ५० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो। सो अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ८१ करोड रुपैयाँ र जीवन व्यवसायबाट १९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आवको यसै अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड र जीवन व्यवसायबाट १९ लाख ८६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो। ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ, बीमाकोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ। जीवन व्यवसायतर्फको जगेडा कोषमा भने ४८ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। लकडाउन अघिमात्रै डेढ अर्बभन्दा बढीको आईपिओ निष्काशन तथा बाँडफाँट नेपाल पूनर्बीमा कम्पनीले गरिसकेको छ ।

सम्बन्धित समाचार