free website hit counter

नेपाल बीमा प्राधिकरणमा मागियो २५ जना कर्मचारी

beemaadmin
२०८१ पुष १९, शुक्रबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदमा २५ जना कर्मचारीका लागि दरखास्त माग गरेको छ । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त माग गरेको हो । प्राधिकरणले कार्यकारी निर्देशकदेखि सहायक प्रथमसम्मका पदमा आवेदन खुलाएको छ । योग्य तथा इच्छुक नेपालीले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन प्रणालीबाट दिनुपर्नेछ ।

सम्बन्धित समाचार